A Few Words About Us
Our Story
यस स्थानमा लिम्बू जाति आदिकाल देखि बसो बासो गरेर आएता पनि तारिक २६ जुलाई १९२५. मा स्वर्गीय मैतसिङ केरुङ थेगीमको सभा अध्यक्षतमा आफ्नै वासस्थान, दुंग्रा बस्ती कालेबुङ लिम्बू भाषा, संस्कृति तथा लिपी साथै लिम्बू जातिको उत्थान विषयमा एउटा सभा राखेर त्यसदिन मात्र लिम्बू सभाको कमिटी गठन गरेका थिए।
जसमा सभापति स्व° मैतसिंह केरुङ थेगिम , सचिव, स्व° बुद्धिमान चेम्जोङ अन्य सदस्य हरुमा स्व° जसबहादुर सोङपाङबे , स्व° हर्कदल माखिम स्व° जीत बहादुर थेकलेहङ थेगिम , स्व° हंसराज थेकलेहाङ थेगिम, स्व° धनवाज फेन्दुवा, स्व° कुलहङ चेम्जोङ , स्व° निर्मल अङ्लिङ र स्व° इमानसिंह चेम्जोङ रहेका थिए।
यस चुम्लुङ सभाको स्थापनालाई समस्त विश्वभरिका लिम्बू समुदायको निम्ति एउटा प्रथम माइलखुट्टी सज्यो भन्नमा यहाँ अत्युक्ति नहोला।
सन् १९४५-४६ मा याक्थुङ हाङ चुम्लुङ लाई नव नामकरण तुम याक्थुङ चुम्लुङ` बनाए जसमा संचालक वर्गहरु स्व° जयबहादुर संगपाङफे ,स्व° लाल सिंह सुब्बा,स्व° पि, डि, सुब्बा, स्व° कैनबिर लिम्बू (भु० पु० अ० लेप्तेनेन् ) स्व° श्री धोज लिम्बू, ( भ० पु० अ० क्याप्टेन ) स्व° लाख बहादुर लिम्बू, सचिव स्व° विजय चन्द्र सोदेम्बा र स्व° खगेन्द्र सोङपाङफे थिए।
फेरि सन् १९७६ सालमा याक्थुङ चुम्लुङ लाई सर्व किराँती चुम्लुङ नामकरण गरियो । सभापति श्री विक्रम सिंह सोङपाङपे र सचिव खगेन्द्र सोंगपाङफे थिए। सर्व किराँती चुम्लुङले लिम्बू भाषाको विकासको निम्ति लिम्बू टाइप छापाखाना सम्म खोल्न आँटेका थिए, तर त्यो कुरा थातिमै रह्यो।
सन् १९८२ मा पूर्व किराँती चुम्लुङको नयाँ कार्यकारिणी गठन गरियो जसमा सभापति स्व° बसन्त कुमार वनेम फागो सुब्बा। (अवकाश प्राप्त शिक्षक एस० यु० एम० आई० कालेबुङ) सचिव स्व° बलहाङ योङहाङ अवकाश प्राप्त प्रधान शिक्षक , जम्बाक मेमोरियल प्राथमिक पाठशाला जसले धेरै वर्ष सम्म यस स्कूलमा लिम्बू भाषा पढाए जसको लिम्बू जातिको सेवा अति प्रशंसा योग्य छ। कोषाध्यक्ष श्री नरधिज आङलावा थिए। यसरी सर्व किराँत निष्क्रिय भए वापत सन् २३ डिसेम्बर १९९३ मा पूर्व किराँती चुम्लुङ लाई पर सारेर एउटा विशुद्ध लिम्बू जातिको शौक्षिक , आर्थिक,सामाजिक , अनि संस्कृति अवस्थालाई अघि बढाउन साथै जगेरा गर्न हेतु याक्थुङ सोङ चुम्भो नामकरण गरियो जसमा सभापति स्व° कप्तान एन, डि, लिम्बू ,उपसभापति श्रीमान लक्ष्मण सुब्बा स्व० बि, के,खजुम, महासचिव उपप्रधाचरिय एस्,यु, एम, आई, कालेबुङ स्व°वसन्त कुमार वानेम फागो सुब्बा, सहसचिव श्री राम कुमार सुब्बा, र कोषाध्यक्ष स्व° बलाहाङ योङहाङ थिए । अन्य यस कार्यकारिणी सदस्य श्रीमान के बि सोङपाङबे श्रीमान चेत बहादुर सुब्बा, श्री पूर्ण सिंह योङहाङ , श्री तीर्थ बहादुर केरुङ ,स्व° पूर्ण बहादुर नुगो स्व°दिनेश सुब्बा, श्रीमान वीर बहादुर सुब्बा, श्रीमान सुक राज सुब्बा श्रीमान ललित थेगिम स्व° डि बि नेम्वाङ , स्व° डि बि केरुङ थेगिम, श्रीमति अमृता सुब्बा, श्रीमति मोतीमाया सुब्बा ,रहेका थिए । अनि सर्वप्रथम याक्थुङ सोङ चुम्भो ले अधिवेशन सन् २३ डिसेम्बर १९९४ जिम हल एस् यु एम आई मा भव्यरुपमा गरेका थिए। सन् ४ नबेम्बर १९९५ सालमा बिबत सुब्बा सक्रिय भएर चुम्भो मा जोडिए। अनि सन् १६ नबेम्बार १९९७ मा याक्थुङ सोङ चुम्भो का पहिलो कार्यालय राउसे बजार स्थित खोल्यो। त्यस समय संगठनका सबै भन्दा जेठो, पाको,कार्यकारिणी श्रीमान के, बि, सोङपाङबे र सबै भन्दा कान्छो श्री बिबत सुब्बा को बाहुलि बाट कार्यालय उत्घाटन गरेका थिए। सन् २००२ मा लिम्बू जाति लाई अनुसूचित जनजाति को अधिसूचना भएका थिए सन् २००३ सालमा सञ्चालनमा आएका थिए ।अनि याक्थुङ सोङ चुम्भो का संस्थापक सचिव स्व° बि , के, वनेम फागो ज्यू को आकस्मिक निधनले सन् ५ जुलाई २००४ मा भएको ले सम्पूर्ण लिम्बू जातिमा एउटा ठूलो क्षति भएको थियो। वहाँ को संस्था प्रति अतुल्य र अमूल्य योगदान थिए । In 1996 BS, late Dinesh Subba took over the post of Joint Secretary of the organization, and from September 2004, he took over the post of General Secretary of the organization.
यसपछि २००६ मा संस्था का महासचिव श्रीमान चेत बहादुर सुब्बा ज्यू ले समालेका थिए , अनि सहसचिव श्रीमान सरण सुब्बा, थिए भने अध्यक्ष स्व° एन, डि, लिम्बू उपाध्यक्ष श्रीमान के, बि, सँगपाङबे थिए , कोषाध्यक्ष , स्व° बोल्हाङ योङहाङ थिए भने कार्यकारिणी सदस्य हरुमा श्रीमान सुक राज सुब्बा, श्रीमान पूर्ण सिंह योङहाङ, स्व° के, बि, माखिम, स्व° पूर्ण सिंह नूगो, श्रीमान तीर्थ बहादुर केरुङ, श्रीमान ललित थेगिम, श्रीमान एच,बि,फागो, श्रीमान देवेन साम्बा, श्री बिबत फागो, श्रीमान गौरी नेम्वाङ, श्रीमान आर ,बि, लिम्बू, श्रीमति सकुन् सुब्बा, स्व° बनु सुब्बा, श्रीमान सञ्चाबिर (इच्छा कान्छा ) सन् २०१५ सालमा याक्थुङ सोङ चूम्भो का तत्कालीन सभापति स्व°एन डि लिम्बू, महासचिव श्रीमान चेत बहादुर सुब्बा,ज्यू नेतृत्वमा अनि युवा सदश्य श्री लवण सुब्बा अनि श्री शेखर सुब्बा साथै अन्य कर्मठ सदश्य को तत्पर्तमा लिम्बू विकास बोर्ड को निम्ति बंगालका सम्पूर्ण लिम्बू संगठन लाई लिएर एक एपेक्स बोर्डी गठन गरियो । त्यस बोर्ड प्राप्तिको निम्ति सङ्घर्ष गरे पश्च्यात १०/२/२०१६/ मा बोर्ड अस्तित्वमा आए। तत्कालीन सभापति स्व° एन,डि,लिम्बू विकास बोर्ड को चियर मेन मनोनित गरे पश्च्यात श्री पूर्ण सिंह योङहाङ लाई अध्यक्ष अनि श्री सरण सुब्बा लाई महासचिव को पदभार सुम्पियो ।
२७/८/२०२३/ को दिन याक्थुङ सोङ चुमभो हिम मा चुनाव गरी नयाँ समिति गठन गरियो।
The office bearers of which are as follows.< १)अध्यक्ष, श्रीमान चेत बहादुर सुब्बा। २)उपाध्यक्ष , श्रीमान सुक राज सुब्बा। ३)उपाध्यक्ष, श्रीमति सीता सुब्बा। ४)उपाध्यक्ष, श्रीमान सत्यहाङमा सुब्बा। ५) महासचिव, श्रीमान राजेन्द्र सुब्बा। ६) सहसचिव, श्री बिबत सुब्बा। ७) सहसचिव, श्री देवेन साम्बा । ८) कोषाध्यक्ष, श्री बि बि सुब्बा। ९) सहकोषाध्यक्ष , श्री मंगल सिंह लावती। १०) प्रमुख सल्हाकार, श्री पूर्ण सिंह योङहाङ। ११) कानूनी सलाहकार, श्री लवण सुब्बा। १२) सांस्कृतिक सचिव, तीर्थ बहादुर केरुङ। १३) प्रचार प्रसार सचिव श्री हेम चन्द्र सुब्बा। १४) भवन प्रभारी, श्री राजु थेगिम।
कार्यकारिणी सदस्य। १) श्री मदन सुब्बा। २) श्री सतीश लक्सम । ३) श्री गौरी नेम्वाङ। ४) श्री जीवन सुब्बा। ५) श्री सुबहाङ योङहाङ । ६) श्री भानु उदय सुब्बा। ७) श्री महेन्द्र सुब्बा। ८) श्री विक्की सुब्बा। ९) श्रीमती मृदुला । १०) दीपिका आङलाबाङ। ११) श्री मिन लिवाङ। १२) श्री देशभक्त सुब्बा। याक्थुङ सोङ चुम्भो अध्यक्ष श्रीमान चेत बहादुर सुब्बा ज्यू को नेतृत्वमा सम्पूर्ण पश्चिम बंगालका लिम्बू संगठन हरुलाई लिएर एककत्रित गरी एपेक्स बडी गठन गर्न को निम्ति पहल गरियो।
१४ जुलाई २०२४ को दिन चुम्भो हिम मा पश्चिम बंगालका लिम्बू संस्थाहरू लिएर सभा बसियो उक्त सभामा ।
१) याक्थुङ सोङ चुम्भो।
२) ओल इंडिया लिम्बू ट्रबल एशोसियसन ।
३) घूम गोर्खा लिम्बू सुब्बा ट्रबल वेलफेयर एशोसियसन।
४) लिम्बू विकास समिति, दुवर्स ।
५) सिलिगुडी तराई लिम्बू वेलफेयर सोसाइटी।
६) पेशोक् लिम्बू ट्रबल एशोसियसन।
७) सलुवा लिम्बू सुब्बा ट्रबल एशोसियसन, मेदिना पुर।
का प्रतिनिधि हरु उपस्थित थिए यससभामा सर्वसम्मति द्वारा पश्चिम बंगालका शीर्ष लिम्बू संगठन गठन गर्ने प्रस्ताव परित गरियो। क्रमश:
१) याक्थुङ सोङ चुम्भो।
Board & Advisors
Mr. C.B.Subba
President
98320175771
Mr. S.R. Subba
Vice President
7908303750
Mrs. Sita Subba
Vice President
9563271758
Mr. Deben Subba
General Secretary
Mr. Sancha Bir Subba
Advisor
Mr. Kamal Subba
Advisor
Ms. Pushpa Subba
Advisor
Mr. Lawan Subba
Legal Advisor
9800020778
Mr. Bibat Subba
A.G.S
8918292484
Mrs Sapana Subba
Culture Secretary
Mr. B.B. Subba
Treasurer
9593995200
Mr. M.S. Laoti
Joint Treasurer
9609087824
Mrs Krishna Maya Subba
Cultural Secretary
Mr. Hem Chandra Subba
Press & Publicity
Mr. Suman Subba
Building Caretaker
Executive Members
Ms. Mridula Subba
Executive member
Mr. Satish subba
Executive Member
Mr. Gouri Nembang
Executive Member
Mr. Jiwan Subba
Executive Member
Mr. Bikki Subba
Executive member
Mr. Bhanu Udai Subba
Executive Member
Mr. Madan Subba
Executive member
Executive Member
Executive Member
Executive Member